
खोटाङ, जेठ ४ । ट्याक्टरबाट खसेर खोटाङमा एक जनाको मृत्यु भएको छ । जन्तेढुंगा गाउँपालिका–३ थालाखामस्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही गाउँपालिका– ५ घोडेडाँडा बस्ने २८ वर्षीय नारद कटवालको बुधबार बिहान मृत्यु भएको हो । घोडेडाँडाबाट भञ्ज्याङखर्कतर्फ देवाली पूजाका मानिसहरू लिएर जाँदै गरेको उक्त ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
