
खोटाङ, जेठ ४ । खोटाङ जिल्लाको सदरमुकाम रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चारदलीय गठबन्धनबाट मेयरमा कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई भारी मतान्तरले विजयी भएका हुन् ।
मेयरमा विजयी भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार आचार्यलाई ४,३९३ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । भट्टराईले ११,३८९ मत ल्याउँदा आचार्यले ६,९९६ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयर पदका उम्मेदवार जीवनकुमार श्रेष्ठले ४०५ र खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) का मेयर पदका उम्मेदवार सुवास राईले ४८ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनएको छ ।
उपमेयरमा विजयी विशनले निकटतम प्रतिस्पर्धी एमालेकी वीणादेवी राईलाई ३,११९ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । विशनले १०,४३८ मत ल्याउँदा वीणादेवीले ७,३१९ मत पाइन् । वीणादेवी यसअघि सोही नगरपालिकाको उपमेयर थिइन् । राप्रपाकी उपमेयर उम्मेदवार चन्द्रकुमारी राईको पक्षमा ५६६ मत खस्यो ।
१५ वडा रहेको यस नगरपालिकामा चारदलीय गठबन्धनबाट कांग्रेसले ४, माओवादीले ८, जसपाले १ र एमालेले २ वडाको वडाध्यक्ष जितेको छ ।
विजयी वडाध्यक्षहरू:-
१ मा कांग्रेसका नवराज राई
२ मा माओवादीका ध्रुवविक्रम राई
३ मा एमालेका महेन्द्रबहादुर राई
४ मा माओवादीका खगेन्द्र राई
५ मा कांग्रेसका दिनेश घिमिरे
६ मा माओवादीका माधव राई
७ मा कांग्रेसका हरिप्रसाद चौलागाईं
८ मा एमालेका लिलाकुमार चौहान
९ मा नेकपा माओवादी केन्द्रका दिनेश कठायत
१० मा जसपाका मुगाधन राई
११ मा माओवादीका इखबहादर राई
१२ मा माओवादीका दानबहादुर राई
१३ मा माओवादीका भोगेश्वर राई
१४ मा एमालेका दिनेश राई
१५ मा कांग्रेसका रामबहादुर कटुवाल
