Friday, April 17News That Matters

खोटाङ : ट्याक्टरले ठक्कर दिदा एक गम्भीर घाइते


खोटाङ, जेठ २३ । ट्याक्टरले ठक्कर दिदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिम जोरकाफलका ५३ वर्षिय टेक बहादुर राई गम्भीर घाइते भएका छन् । घाइते राईको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्छिम स्थित नगरपालिकाको कार्यालय नजिक घुमाउनेचौरमा हिजो राती ८ः४५ बजे ना ७ त ५७३४ नम्बरको ट्याक्टरले राईलाई ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिएर टाउकोमा गम्भीर चोट लागेका राईको दुर्छिम स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात हिजै राती काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो ।
ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–२ दाम्लीका २४ वर्षिय दिलिप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।