Friday, April 17News That Matters

खोटाङ : वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु

पक्राउ परेका मन कुमार राई

खोटाङ, जेठ २३ । खोटाङमा सामान्य वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउदा सोही ठाउँका ६९ बर्षीय हरी प्रसाद राईको मृत्यु भएको हो ।

गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा हरी प्रसाद घाइते भएका थिए । उनको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो ।

मृतक हरी प्रसाद धकेल्ने मन कुमारका फुपाजु समेत रहेको बताइएको छ ।