Friday, April 17News That Matters

जिल्ला स्वास्थ्य कार्यालयलद्धारा च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाखको सामग्री


खोटाङ, जेठ २२ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाख बराबरको स्वास्थ्य सामाग्री दिएको छ । कार्यालय प्रमुख पुण्य प्रसाद सिक्देल र कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईको उपस्थितीमा आज स्वास्थ्य चौकीलाई सो सामाग्री हस्तान्त्रण गरिएको हो ।

प्रदेश नम्बर १ को ग्रामिण आमा सुरक्षा कार्यक्रम अन्तरगत खोटाङका दुई स्वास्थ्य चौकी छनोट भएका छन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थित खाल्ले स्वास्थ्य चौकी र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार स्थित च्यास्मिटार स्वास्थ्य चौकी छनोट भएका हुन् । सोही कार्यक्रम अन्तरगत खाल्ले स्वास्थ्य चौकीलाई हिजो र च्यास्मिटार स्वास्थ्य चौकीलाई आज सामाग्री हस्तान्त्रण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिक्देलले बताउनुभयो ।

जिल्लाका ५९ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर जडान भएका छन् तर, आवश्यक सबै स्वास्थ्य सामग्री छैनन् । यो कार्यक्रममा छनोट भएका यि दुई स्वास्थ्य चौकीमा ए.सी, एकुवा फिल्टर (पानी तताउने र चिसो बनाउने), हिटर लगायतका आवश्यक सामाग्री हस्तान्त्रण गरिएको सिक्देलले बताउनुभयो । ग्रामिण आमा सुरक्षा कार्यक्रममा छनोट भएका दुई स्वास्थ्य चोकीबाट आगामी दिनमा गाउँमै गएर महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य परिक्षण पनि गर्नेछन् ।