Friday, April 17News That Matters

हलेसी तुवाचुङ : उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति दिने

कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख राई

खोटाङ, जेठ २१ । हलेसी तुवाचुङ नगरपालिकाले उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति प्रदान गर्ने भएको छ । १६ औँ राष्ट्रिय जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आज नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाको ७ नम्बर वडा स्थित एक दलित समुदायमा आज दिवसको अवसरमा शुभकामना आदनप्रदान एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा पुग्नु भएका नगर प्रमुख विमला राई र वडाध्यक्ष कमल गिरीले विपन्न दलित समुदायका बिद्यार्थीलाई उच्च शिक्षा लिन सहज होस् भन्ने हेतुले छात्रवृत्ति दिने निर्णय गर्नु भएको नगरपालिका एम.आइ.एस. अपरेटर विजय बिश्वकर्माले बताउनुभयो । के कती छात्रवृत्ति दिने भन्ने बिषयमा छलफल गरिने नगर प्रमुख राईको भनाइ छ ।

यस्तै आजै सोही कार्यक्रममा विपन्न दलित समुदायका मानिसलाई बिरामी हुँदा उपचारमा समेत नगरपालिकाले आर्थीक सहयोग गर्ने निर्णय गरेको विश्वकर्माले बताउनुभयो ।

कार्यक्रम सम्पन्न पश्चात सामुहिक तस्विर