Thursday, April 16News That Matters

मनोकांक्षा पुरा भएकोमा हलेसी मन्दिरलाई सुनको त्रिशुल


खोटाङ, जेठ ३१ । आफ्नो मनोकांक्षा पुरा भएको भन्दै एक युवाले हलेसी मन्दिरमा सुनको त्रिशुल चढाउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार निवासी (हाल ब्रिटिश आर्मी) प्रमेश राईले ६ आना २ लालको सुन त्रिशुल चढाउनु भएको हो ।

यस्तै हलेसी मन्दिरमा ६ दिनमा १ लाख १८ हजार ४ सय २० रुपैयाँ भेटी संकलन भएको छ । जेठ २४ गतेदेखि जेठ ३० गतेसम्म सो भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।

संकलन भएको भेटी मध्ये ४६ हजार १ सय ५५ बिरामीलाई आर्थीक सहयोग, पानी, दुध, दहि, खाजा, भेटी गणना, अतिथि खर्च लगायत अन्यमा खर्च भएको छ । बाकी रहेको ७२ हजार २ सय ६५ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा बैंकमा जम्मा भएको सूचना केन्द्रले जनाएको छ ।