Thursday, April 16News That Matters

ओखलढुंगा : बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जना पक्राउ

सांकेतिक तस्विर

खोटाङ, जेठ ३१ । बालिका बलात्कार अभियोगमा ओखलढुंगामा चार जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि फरक समय र स्थानमा पटक–पटक बलात्कार गरेको आरोप एक प्रधानाध्यापक सहित अन्य तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् । उनीहरुविरुद्ध सोमबार जाहेरी परेको थियो । जाहेरी पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटना अनुसन्धान अघि बढेको र अभियुक्तहरुलाई म्याद थप प्रक्रियामा लगिएको प्रहरीको भनाइ छ ।