
खोटाङ, जेठ ३१ । नेपाली कांग्रेसका युवा नेता तेजिन्द्र प्रसाद घिमिरे कांग्रेसको खोटाङ जिल्ला कार्य समिति सदस्यमा मनोनीत हुनुभएको छ । कांग्रेसका जिल्ला सभापति बिष्णु कुमार राईले घिमिरेलाई सोमबार पत्र दिदै सदस्यमा मनोनीत गर्नुभएको हो ।
नेपाली कांग्रेसको नियामावली २०७६ को दफा ५६ (२) अनुसार घिमिरेलाई जिल्ला कार्य समितिमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । युवा नेता घिमिरे नेपाल विद्यार्थी संघ खोटाङको जिल्ला सचिव र पार्टीको क्षत्रीय प्रतिनिधि हुनुहुन्छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा रावा बेसी गाउँपालिका–५ दुवेकोलको वडा सदस्यमा समेत उहाँ निर्वाचित हुनुभएको छ ।
