
खोटाङ, असार ७ । केपिलासगढी गाउँपालिकाले आगामि बजेट बारे सबै राजनीतिक दल र संघ संस्थासँग छलफल गरेको छ । आर्थीक वर्ष २०७९/०८० को बजेट ल्याउन लागेको गाउँपालिकाले आज विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, समाजसेवी ब्यापारी लगायत सरोकारवालाहरुसँग गलफल गरेको हो ।
आगामि आर्थीक वर्षकालागि गाउँपालिकाले के कस्ता कार्यक्रम सञ्चालन गर्ने र कस्ता योजनालाई छनोट गर्ने भन्ने विषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ । छलफलमा उपस्थित प्रतिनिधिहरुले कृषि, स्वास्थ्य, शिक्षा र सडक पुर्वाधारलाई विशेष ध्यान दिएर बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
बजेटले भ्याएसम्म सबैका सुझाव र नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै आर्थीक वर्ष २०७९/०८० को कार्यक्रम नीति तथा कार्यक्रम ल्याएर केपिलासगढी गाउँपालिकालाई नमुना स्थानीय निर्माण गर्ने पालिका अध्यक्ष समिर राईले बताउनुभयो ।
