Thursday, April 16News That Matters

कांग्रेसमा जीवन बिताउनुभएका ७८ वर्षिय चम्लागाई जिल्ला सदस्यमा मनोनीत

खोटाङ, असार ७ । हरेक आन्दोलनमा अग्रसर हुँदै नेपाली कांग्रेसमा जीवन बिताउनु भएका ७८ वर्षिय नृप बहादुर चम्लागाई कांग्रेसको खोटाङ जिल्ला सदस्यमा मनोनीत हुनुभएको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिका–४ डम्र्बखु शिवालयमा जन्मीएर लामो समय कांग्रेसमा योगदान दिनुभएका चम्लागाईलाई जिल्ला सभापति बिष्णुकुमार राईले पत्र दिदै जिल्ला सदस्यमा मनोनीत गर्नुभएको हो ।

नेपाली कांग्रेसको नियामावली २०७६ को दफा ५६ (२) अनुसार उहाँलाई जिल्ला कार्य समिति सदस्यमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । साविकको डम्र्बखु शिवालय गाउँ विकास समितिको करीब २० वर्ष कांग्रेसको सभापति सम्हाल्नु भएका चम्लागाई परिवर्तनकालागि कांग्रेसले गरेको हरेक आन्दोलनमा अग्रसर भएर लाग्नु भएको नेपाली कांग्रेसका नेताहरु बताउछन ।

वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडाध्यक्षको टिकट पाउनु भएका चम्लागाईले युवालाई अगाडि सार्नु पर्छ भन्दै टिकट समेत हस्तान्त्रण गर्नुभएको नेताहरुको भनाइ छ ।