Thursday, April 16News That Matters

गोरखनाथ गण मुडे ब्यारेकमा ३ सय बढी फलफुलका बिरुवा रोपिए


खोटाङ, असार ११ । गोरखनाथ गण मुडे ब्यारेकमा ३ सय बढी फलफुलका बिरुवा रोपिएका छन् । कृषि ज्ञान केन्द्र खोटाङकोे आर्थिक सहयोगमा उक्त फलफुलका बिरुवा रोपिएको हो ।

जापानिज नास्पाती १०५, ओखर १५०, हलुवावेद ५० र कागतिका ५० वटा बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राम नन्दन यादबले जानकारी दिनुभयो । ब्यारेक प्रमुख कर्नल (प्रमुख सेनानी श्री सृजन गुरुङ, मेजर (सेनानी) तथा कृषि ज्ञान केन्द्र खोटाङका कर्मचारीहरुको उपस्थितीमा बिरुवा रोपिएको उहाँले बताउनुभयो ।

यसरी नै खाली रहेका सरकारी जग्गामा विभिन्न प्रजातीका बिरुवाहरु रोपेर हरीयाली बनाउदै लगिने बाली संरक्षण अधिकृत यादबको भनाइ छ ।