Thursday, April 16News That Matters

पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

मेसिन उद्घाटन गर्नुहुँदै नगर प्रमुख विमला राई

खोटाङ, असार ११ । पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान गरिएको छ । त्रिधार्मिक तपोभूमि हलेसी महादेव मन्दिर दर्शनका लागि आउने पर्यटकको गणनालागि मन्दिरको गेटमा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

माछापुच्छ्रे बैंक हलेसी शाखाको सहयोगमा मासिक तथा वार्षिकरुपमा हलेसिमा भित्रने धार्मिक पर्यटकको तथ्याङ्क संकलन गर्न मानिस गणक मेसिन जडान गरिएको हो । जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज रिबन काटेर उद्घाटन गर्नुभएको छ । मेसिन उद्घाटन कार्यक्रममा प्रमुख राईसँगै उप–प्रमुख रमेश कुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरी लगायतको उपस्थिती रहेको थियो ।