
खोटाङ, असार २१ । खोटाङका सर्जक गोविन्द सुनुवार (खोटाङगे)को नयाँ गीत “मुटुमा घाउ छ मेरो” सार्वजनिक भएको छ । गोविन्दकै शब्द, सगिंत र स्वरमा रहेको गीत युट्युवमा सार्वजनिक गरिएको हो ।
पुस्कर सुनुवार युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक पुस्कर सुनुवारको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । “तिम्रो बारेमा” र “तिमिलाई मैले भनेको थिएँ” बोलका दुई वटा गीत सांगितक बजारमा ल्याइसकेका गोविन्दको “मुटुमा घाउ छ मेरो” तेस्रो सृजना हो ।
तेस्रो सृजना लिएर सांगितिक बजारमा आएका गोविन्दले एक पटक गीत सुन्न र प्रतिक्रिया समेत दिन आग्रह गरेका छन् ।
