Wednesday, April 15News That Matters

प्रेस युनियनका अध्यक्ष चौलागाँईलाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’

खोटाङ, असार २२ । नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष एवं प्रभाव न्युज डटकमका अध्यक्ष उत्तम चौलागाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । दिक्तेलमा भएको संघको तेश्रो राष्ट्रिय महाधिवेशनको समापन समारोहमा चौलागाईलाई खेलकुद पत्रकारिता प्रदान गरेको हो ।

चौलागाईलाई तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईले नगद १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्रले सम्मान गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट जिल्लाको खेलकुद क्षेत्रको सुधार, वेतिथि विरुद्ध र सुशासनको पक्षमा समाचार सम्प्रेषण गरी पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै पुरस्कृत गरिएको किरात राई खेलकुद संघले जनाएको छ ।

खोटाङमा बसेर पत्रकारित गर्दै आएका चौलागाई कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता पनि हुन् ।