Thursday, April 16News That Matters

खोटाङ : दलित महिला वडा सदस्य झुण्डिएको अवस्थामा मृत फेला


खोटाङ, असार २२ । रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी निर्वाचित दलित महिला वडा सदस्य मेनुजा विश्वकर्मा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । नजिकै रहेको माईती घरमा आज बिहान ३४ वर्षिया विश्वकर्मा झुण्डिरहेको अवस्थामा फेला परेको वडाध्यक्ष बिरेन्द्र मगरले जानकारी दिए ।

उनको घर र माईतिघर नजिकै रहेको छ । हिजो माईतिघर गएकी विश्वकर्मा आज बिहान झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । विश्वकर्मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन । उनी रावा बेसि गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । पहिलो स्थानीय तहको चुनावमा विजयी भएर पाँच वर्ष कार्यकाल पुरा गरेकी विश्कर्मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनमा केही समय अघि देखि डिप्रेसनको बिमार रहेको स्थानीयको भनाइ छ । उनका दुई जना छोरी रहेका छन भने श्रीमान् बिदेशमा छन ।

मृतकको शवलाई परीक्षण गर्न जिल्ला अस्पताल ल्याईएको छ ।