Thursday, April 16News That Matters

खोटाङ : बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

फइल तस्वीर

खोटाङ, असार २५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । वडा नम्बर–३ बाम्राङको गिद्धेभीरतर्फ जाने गोरेटो बाटोमा करीब ६५–७० वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

शनिबार (आज) दिउँसो २ः३० बजेको समयमा बेवारिसे शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात घटना स्थलमा पुगेर घट्नास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षण गर्न जिल्ला अस्पलात दिक्तेलमा ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमन राज अर्यालले जानकारी दिनुभयो ।

घट्नाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अर्यालको भनाइ छ ।