Thursday, April 16News That Matters

हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

३ साउन ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्।

‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ’, उनले लेखेका छन्।