Thursday, April 16News That Matters

खोटाङबाट जिल्ला अध्यक्षसहित ठुलो संख्यामा जसपा परित्याग

खोटाङ, साउन ३० । जनता समाजवादी (जसपा) खोटाङका जिल्ला र प्रदेस समितिमा रहेका नेता कार्यकर्ताले ठुलो संख्यामा पार्टी छाडेका छन् । जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३८ जनाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावी भएपछि आफुहरुले पार्टी छाड्न बाध्य भएको नेताहरुले बताएका छन् । नेतृत्वले सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले उक्त पार्टीमा बसिरहन उचित नरहेको उनिहरुको निष्कर्ष छ ।

जसपा खोटाङको ५३ सदस्य रहेको सचिवालयमा २३ जनाले पार्टी छाडेका छन् । केन्द्रिय सदस्य मदन राई र सुर्य राईले यस अघि नै पार्टी परित्याग गरेको घोषणा गरिसकेका हुन् । सिद्धान्त राम्रो भएपनि व्यवहारमा लागू नभएपछि जसपाबाट बाहिरिएको प्रदेश कमिटि सदस्य मोहन गुरुङले बताउनुभयो । पार्टीमा विचार भन्दा पनि व्यक्तिवाद हावी र गुट–उपगुट निर्माण भएपछि सबैको सल्लाहले पार्टी छाड्ने घोषणा गरेको जिल्ला अध्यक्ष थापाको भनाइ छ ।

जसपा छाडेपनि समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने नेताहरुको भनाइ छ । जसपाबाट बाहिरिएका नेताहरुलाई अवको यात्रा कता ? भन्ने पत्रकारहरुको प्रश्नमा अन्य पार्टीमा जाने वा स्वतन्त्र रहने भन्ने विषय छलफल भइरहेको जिल्ला अध्यक्ष थापाले बताउनुभयो । यद्यपी डा. बाबुराम भट्टराई पक्षले निर्माण गरेको नेपाल समाजवादी पार्टी (नेसपा) मा भने नजाने उहाँको भनाइ छ ।

जसपा परित्याग गर्ने नेताहरुको नाम निम्न छ ।

१, केन्द्रीय अनुशासन आयोग सदस्य  – बीरबहादुर राई
२, १ नम्बर प्रदेश समिति सदस्य – मोहन गुरुङ
३ अध्यक्ष ÷ किरात राष्ट्रिय समिति सदस्य  – टंकबहादुर थापा
४, उपाध्याक्ष÷ प्रदेश समिति सदस्य  – मनि राई
५, किरात राष्ट्रिय समिति सदस्यः– देवकुमार राई
६, किरात राष्ट्रिय समिति सदस्य – गिता श्रेष्ठ
७, उपाध्याक्ष  – नविन किशोर राई
८, उपाध्याक्ष –बसन्ती राई
९, सचिव  – जिवराज पोख्रेल
१०, सहसचिव – आशिस राई
११, कोषाध्याक्ष – सावित्री राई
१२ ,जिल्ला सल्लाहाकार सदस्य – पंचशेर राई
१३, सचिवालय सदस्य ÷ समाजवादी युवा प्रदेश उपाध्याक्ष  – दिपककुमार तामाङ
१४, सचिवालय सदस्य  –प्रवचन राई
१५, सचिवालय सदस्य  –मनोज राई
१६, सचिवालय सदस्य÷एसेलुखर्क पालिका अध्यक्ष  –किशोर राई
१७, सचिवालय सदस्य – युवराज अधिकारी
१८, सचिवालय सदस्य  –बाबुराम कार्की
१९, सचिवालय सदस्य  –शुसिला निनाम
२०, सचिवालय सदस्य  – जुलन राई
२१, सचिवालय सदस्य  – ध्यान कुमार राई
२२, सचिवालय सदस्य  – तिलक मुदेल
२३, सचिवालय सदस्य  – सरोज राई (हौँचुर)
२४, जिल्ला सदस्य  – भुपराज राई
२५ जिल्ला सदस्य – चित्रकुमार कार्की
२६ जिल्ला सदस्य – विनोद राई
२७, जिल्ला सदस्य – जितकुमारी परियार
२८, जिल्ला सदस्य – भगवती चाम्लिङ
२९, जिल्ला सदस्य– देवान राई
३०, जिल्ला सदस्य  – कुमार श्रेष्ठ
३१, जिल्ला सदस्य – किरण राई (समाजवादी यूवा संघ जिल्ला सदस्य)
३२, जिल्ला सदस्य  – सुजन राई
३३, जिल्ला सदस्य÷ऐसेलुखर्क उपाध्याक्ष – कृष्ण राई
३४ दिप्रुङ पालिका कमिटि सदस्य– सन्तोष तामाङ
३५ खार्मी वडा समिति अध्यक्ष सहित सबै
३६ लफ्याङ वडा समिति अध्यक्ष सहित सबै
३७, गैर भोगोलिक विशेष समिति सदस्य गजेन्द्र राई
३८, गैर भौगोलिक विशेष समिति सदस्य तेन्जु तामाङ