Thursday, April 16News That Matters

खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस


खोटाङ, भदौ १२ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि खोटाङबाट उम्मेदरका आकांक्षीहरुको नाम पठाएको छ । प्रतिनिधि सभाकालागि पार्टीका पोलिटव्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ । हाल प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रीसमेत रहनुभएका राईलाई एसले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।
जिल्लाको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल र तेजबहादुर राईको नाम प्रत्यक्षतर्फको उम्मेद्वारकालागि पाठाइएको छ भने समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ८ जनाको नाम गएको छ । बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री र शम्भु घिमिरे गरी ८ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । समानुपातिकमा अम्बिका राईको नाम सिफारिस भएको एसले जनाएको छ ।