Sunday, May 31News That Matters

किरात राई यायोक्खा रावा बेसीको अध्यक्षमा बिशाल राई चयन


खोटाङ, भदौ १३ । किरात राई यायोक्खा रावा बेसी गाउँपालिकाको अध्यक्षमा बिशाल राई चयन हुनुभएको छ । यायोक्खाको दोस्रो पालिका सम्मेलनले राईको अध्यक्षतामा सोमबार (आज) १५ सदस्य समिति गठन गरेको हो ।

यायोक्खा रावा बेसी गाउँपालिकाको उपाध्यक्षमा भुपेन्द्र राई, सचिवमा दिपक राई र कोषाध्यक्षमा भविना राई सर्वसम्मत चयन हुनुभएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो ।

सेतुमान राईको अध्यक्षतामा गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा सम्पन्न दोस्रो पालिका सम्मेलनमा किरात राई यायोक्खा जिल्ला सचिव युगसन राई रावा बेसी गाउँपालिकाका अध्यक्ष फट्टिक कुमार श्रेष्ठ ,उपाध्यक्ष कौशिला गुरुङ ,कि.रा.या शाखा कतार प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष एल वि मगर, किरात राई विद्यार्थी संघ केन्द्रीय सचिवालय सदस्य डार्विन राई लगायतको उपस्थिति रहेको थियो ।