Thursday, April 16News That Matters

देगेलिङ गुम्बा पुनर्निर्माणका लागि चालिस लाख आर्थीक सहयोग संकलन

भुकम्पले भत्काएको देगेलिङ गुम्बा

दावा जाङ्बु शेर्पा
काठमाडौं, भदौ १९ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ चुप्लु भञ्ज्याङस्थित देगेलिङ गुम्बा पुनर्निमाणकालागि चालिस लाख आर्थीक सहयोग संकलन भएको छ । गुम्बा पुनर्निमाणकालागि २ करोड भन्दा बढी खर्च लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म करीब ४० लाख सहयोग संकलन भएको गुम्बा निर्माण समितिले जनाएको छ ।

वि.स. २०७२ साल वैशाख १२,१३ र २९ गते गएको भुकम्पले गुम्बा पूर्णरुपमा ध्वस्त भएको थियो । गुम्बा भत्किदा पुराना धार्मिक ग्रन्थ, मुर्ति वास्तुकला, चित्रकला लगायत नष्ट भएको अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । उक्त आगामि मंसिरबाट गुम्बा पुनर्निमाणको काम सुरुगर्न लागिएको शेर्पाको भनाइ छ ।

पुनर्निमाणमा आवश्यक रकम संकलन गर्न समितिले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै आएको छ । सहयोग गर्न चाहानेले देगेलिङ गुम्बाको अफिसियल फेसबुक मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ ।

३ लाख भन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यको प्रमाण–पत्र, १ लाख भन्दा बढी सहयोग गर्नेलाई आजीवन सदस्य दिएर नाम, ठेगानासहितको फोटो फ्रेम बनाएर राखिनेछ । ५० हजार भन्दा बढी सहयोग गर्नेको नाम ताम्रा–पत्रमा लेखिनेछ भने १० हजार भन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा लेखिने गुम्बा निर्माण समितिले जनाएको छ ।