Thursday, April 16News That Matters

किरात राई यायोक्खा हलेसीको अध्यक्षमा चक्रबहादुर र जन्तेढुंगाको अध्यक्षमा नारदमणी

खोटाङ, भदौ २५ । किरात राई यायोक्खा हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा पुनः चक्रबहादुर राई चयन हुनुभएको छ । यायोक्खाको दोस्रो पालिका सम्मेलनले शनिबार राईको अध्यक्षतामा १९ सदस्य समिति गठन गरेको हो ।

यायोक्खा हलेसी तुवाचुङ नगरपालिकाका उपाध्यक्षमा खेमराज राई, सचिवमा सिवकुमार राई, सहसचिवमा चेसकुमार राई र कोषाध्यक्षमा तासरा राई सर्वसम्मत चयन हुनुभएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो ।

यस्तै, शनिबार नै सम्पन्न यायोक्खाको दोस्रो पालिका अधिवेशनबाट जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नारदमणी राई चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा जगत किराती, सचिवमा राजु राई, सहसचिवमा सन्तोष राई र कोषाध्यक्षमा मिलनदेवी राईसहित २१ सदस्य समिति सर्वसम्मत चयन भएको किरावि संघका केन्द्रिय सचिवालय सदस्य डार्विन राईले जानकारी दिनुभयो ।