Thursday, April 16News That Matters

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा खोटाङका ५३ वटा विद्यालय छनोट : कुन–कुन परे हेर्नुहोस्


खोटाङ, असोज १ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलायको भदौ २९ गते बुधबारको निर्णय अनुसार मन्त्री स्तरबाट छनोट भएका विद्यालय मध्ये जिल्लाका ५३ विद्यालय परेका छन् ।
ऐसेलुखर्क गाउँपालिकाका ६ वटा विद्यालय छनोट भएका छन् । २ वटा ४ कोठे भवन, २ वटा २ कोठे भवन र २ वटा आइसिटिकोलागि छनोट भएका हुन् । रावा बेसी गाउँपालिकामा ४ कोठे १, २ कोठे १ र आइसिटि २ गरी ४ वटा भवन छनोट भएका छन् । खोटेहाङ गाउँपालिकामा ४ कोठे १, २ कोठे ३ र आइसिटि २ गरी ६ वटा विद्यालय परेका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका ४ कोठे १, २ कोठे २ र आइसिटि ३ गरी ६ वटा भवन परेका छन् । जन्तेढुंगा गाउँपालिकामा ४ कोठे १, २ कोठे १ र आइसिटि २ गरी ४ वटा भवन छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा ४ कोठे १, २ कोठे २ र आइसिटि ३ गरी ६ वटा विद्यालय छनोट हुँदा केपिलासगढी गाउँपालिका ४ कोठे २ र २ कोठे ३ वटा भवन गरी ५ वटा विद्यालय छनोट भएका छन् ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ कोठे २ वटा भवन, आइसिटि ४ वटा गरी ६ वटा छनोटमा पर्दा साकेला गाउँपालिकाका ४ कोठे १, २ कोठे २ र आइसिटि २ गरी ५ वटा विद्यालय परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ कोठे १, २ कोठे २ र आइसिटि २ गरी ५ वटा विद्यालय छनोटमा परेका छन् ।

कुन पालिकाका कुन–कुन विद्यालय छनोटमा परे ? हेर्नुहोस् ।