
खोटाङ, असोज १० । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्मामा निर्माण गरिएको कम्पोष्ट प्लान्ट सञ्चालनमा ल्याउन नगरपालिकाले कार्यविधि बनाएको छ । नगरपालिकाले संघीय अर्थ मन्त्रालयको विशेष अनुदान र प्रदेश सरकारको गरी करिब दुई करोड ७० लाख खर्चमा निर्माण गरेको प्लान्ट अहिले बन्द छ । करौडौँ खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा ल्याउन कार्यविधि तयार गरिएको र नगर कार्यपालिकाको आईतबार कसेको बैठकले (कम्पोष्ट प्लान्ट सञ्चालन कार्यविधि २०७९) स्वीकृत गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै, बैठकले अन्य ६ वटा निर्णयहरु पनि गरेको छ । नगरपालिकाको मातहतमा कार्यरत करार कर्मचारीहरुको म्याद पुष मसान्तसम्म कायम राख्ने, कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरु करारमा पदपूर्ति गर्ने निर्णयलाई बैठकलले अनुमोदन गरेको छ ।
यस्तै, बालि तथा पशु बीमा अनुदान कार्यक्रम सञ्चालन सम्बन्धमा कृषि बीमा कम्पनि र नगरपालिका सम्झौता गरी कृषि पशुपन्क्षी तथा जडिबुटि निर्देशिका २०७९ बमोजिम हुने बीमामा कृषकले व्यहोर्नुपर्ने रकमको ५० प्रतिशत रकम नरपालिकाले अनुदान स्वरुप व्यहोर्ने । दिक्तेल बजारमा निश्चित दुरीमा स्पिड ब्रेकर (होम्स) राख्ने र सो का लागि आवश्यक बजेट विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गर्ने नगरकार्यपालिकाको बैठकले निर्णय गरेको बताइएको छ ।
नगर कार्यपालिकाको निर्णय हेर्नुहोस्

