Wednesday, April 15News That Matters

च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण


खोटाङ, असोज २७ । हलेसी तुवाचुङ नगरपालिकाले विश्व दृष्टि दिवसको अवसरमा बिहिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय बढीले सेवा लिएका छन् । वडा नम्बर तीन च्यास्मिटार स्वास्थ चौकीमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ४२ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको संयुक्त आयोजनामा गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कार्यक्रममा निशुल्क आँखा जाँच र चस्मा वितरण तथा जेष्ठ नागरिक लगायत अन्यको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जसमा आवश्यकता अनुसार ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । आँखा परिक्षणबाट १४ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् ।

यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले आगामि कात्तिक १९ देखि २१ गतेसम्म हलेसीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सोही शिविरमा आज छनोट भएका मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने मेयर राईले बताउनुभयो ।