Thursday, April 16News That Matters

जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु


खोटाङ, असोज २७ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया मार्फत प्रसूति गराउन एक महिना पश्चात पुनः सुरु भएको छ । कर्मचारी बिरामी भएको भन्दै अस्पतालले भदौ २६ गते बन्द गरेको सेवा असोज २७ गते (आज) बाट पुनः सञ्चालनमा ल्याएको छ ।

एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि उक्त सेवा बन्द गरिएको अस्पतालले जनाएको थियो । कर्मचारी अभावमा सेवा बन्द भएको सूचना अस्पतालले प्रकाशन गरेपनि आकस्मिक रुपमा आएका बिरामीहरुको उपचार गर्दै आएको अस्पतालका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । आजबाट भने नियमित सेवा सुरु भएको उहाँको भनाइ छ ।