खोटाङ, असोज २८ । अरिङगालको टोकाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २६ वर्षीय बिनोद ठटालको आज अरिङगालको टोकाइबाट मृत्यु भएको हो ।
आज बिहान ७ बजे बाटोमा हिड्ने क्रममा गोलाबाट निस्केको अरिङगालले टोक्दा उनको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
उनीसगै हिड्दै गरेका सोही ठाउका २५ वर्षीया सर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् ।
घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सर्मिला भने उपचारपछि घर फर्केका छ्न, नैनसिंको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
