Thursday, April 16News That Matters

खोटाङमा गठबन्धनले १८ गतेबाट संयुक्त चुनावीसभा गर्ने (यस्तो छ तालिका)

र्‍यालीसहित उम्मेद्वारी दर्ता गर्न जादा गठबन्धनबाट खोटाङका उम्मेद्वारहरु

खोटाङ, कात्तिक १४ । खोटाङमा लोकतान्त्रिक वाम गठबन्धनले कात्तिक १८ गतेबाट चुनावीसभा गर्ने भएको छ । गठबन्धनका उम्मेद्वार र गठबन्धनमा आवद्ध दलका जिल्लास्तरका शिर्ष नेताहरुको उपस्थितीमा १८ गतेबाट २९ गतेसम्म जिल्लाका दश वटै पालिकामा संयुक्त चुनावीसभा गर्न लागिएको चुनाव परिचालन मुल समितिले जनाएको छ ।

कात्तिक १८ गते खोटेहाङको खोटाङ बजार, १९ गते साकेलाको मानेभञ्ज्याङ, २० गते ऐँसेलुखर्कको ऐँसेलुखर्क बजार, २१ गते केपिलासगढीको बाक्सीला, २२ गते रावाबेसीको हरमटारमा चुनावीसभा हुनेछ । यस्तै, २३ गते हलेसी तुवाचुङको दुर्छिम, २५ गते जन्तेढुंगाको चिसापानी, २६ गते बराहपोखरीको धर्तुङ, २८ गते दिप्रुङ चुईचुम्माको पञ्चमीबजार, र २९ गते दिक्तेल रुपाकोट मझुवागढीको दिक्तेलस्थित हेलिप्याडमा गठबन्धनको संयुक्त चुनावीसभा हुने बताइएको छ ।

गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई पासाङ, प्रदेश ‘क’ मा नेकपा एसका बीरबलकाजी राई र प्रदेश ‘ख’ मा कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राई उम्मेदवार हुनुहुन्छ ।