Thursday, April 16News That Matters

खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ

सांकेतिक तस्विर

कात्तिक १५ । खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या अभियोगमा पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राई रहेका छन् । प्रहरीका अनुसार राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राजेन्द्रलाई पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रामचन्द्रले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।