
खोटाङ, कात्तिक ३० । खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउने नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका महतले यस्तो बताउनुभएको हो ।
‘ओली जि कुरा मात्र गर्नुहुन्छ काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बारै महिना चल्ने सडक निर्माण गठबन्धन सरकारले गर्नेछ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेद्वारलाई मत दिएर विजयी थराउनुहोस् ।’ मतहले भन्नुभयो ।
पर्यटकीय महत्व बोकेको हलेसी, किरात सभ्यताको उद्गम स्थल तुवाचुङ भएको जिल्ला खोटाङमा सांकृतिक, आर्धीक र धार्मिक सबै प्रकारको विकास गर्न आवश्यक रहेको र त्यो विकास गठबन्धनले गर्ने प्रवक्ता महतले बताउनुभयो । यस्तै, प्रवक्ता महतले समानुपातिकमा आफ्नो पार्टीलाई मत दिन आएको बेला गठबन्धनका उम्मेद्वारलाई पनि प्रत्यक्षतर्फ मत दिएर विजयी गराउन आवश्यक रहेको बताउनुभयो । ‘हामी आफ्नो पार्टीलाई समानुपातिकमा मत दिन जान्छौँ नै, सोही बेला गठबन्धनका उम्मेद्वारलाई पनि प्रत्यक्षतर्फ मत दिएर एकअर्कालाई सहयोग गरौँ । यस जिल्लामा एउटाले अर्कालाई सहयोग गरौँ, अर्को जिल्लामा उसले सहयोग गर्नेछ ।’ प्रवक्ता महतले भन्नुभयो ।
दिक्तेल हेलिप्याडमा आयोजना गरिएको कार्यक्रममा दिउँसो ३ बजे माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महत आउने भनिएपनि उहाँहरु करीब ४ः४५ मा हेलिकप्टर मार्फत आउनुभएको थियो । समय अभावका कारण करीब १२ मिनेट कार्यक्रमलाई सम्बोधन गरेर दुवै जना फर्कनु भएको छ ।
