
खोटाङ, मंसिर ६ । खोटाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फको सुरुवाती मत गणनामा गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले अग्रता लिनुभएको छ । ५ सय मत गणना हुँदा साझा उम्मेद्वार माओवादीका राईले एमालेका विशाल भट्टराईलाई १२ मतले अगाडि हुनुहुन्छ ।
राईले २ सय ३६ मत प्राप्त गर्दा भट्टराईले २ सय २४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, जसपाका डा कृष्ण कुमार राईले २, राप्रपा सर्जु श्रेष्ठले २, आमूल परिबर्तन मसिया पार्टी नेपालका चन्द्रमनि राईले ५, नेपाल मंगोल अर्गनाइजेसन दिपक मगरले २ मत पाउनु भएको छ । नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत र स्वतन्त्र उम्मेद्वार जयन्द्र कुमार राईले अहिलेसम्म मत पाउनु भएको छैन् ।
हालसम्म २७ म तबदर भएको छ ।
