
खोटाङ, मंसिर ५ । हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मत पेटिका दिक्तेल आइपुगेको छ । जिल्लाका दश वटै पालिकाबाट बसको प्रयोग गरेर मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत) मा ल्याइएको हो ।
नजिकै रहेको पालिकाहरुबाट हिजो रातीसम्म मत पेटिका आएपनि टाढा रहेका पालिकाहरुबाट आज ९ बजे मत पेटिका दिक्तले ल्याइएको छ । हाल मत पेटिका रुजु गर्ने काम भइरहेको छ । मत पेटिका रुजु पश्चात सर्वदलीय बैठक बसेपछि मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुरुमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणना हुनेछ । मत गणनाकालागि तारजाली सहितको तीन ठाउँमा गणनास्थल निर्माण गरिएको छ ।
जिल्लामा एक लाख ४२ हजार ७९२ मतदाता रहेका छन् । जसमा ४८ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान छ ।


