
खोटाङ, मंसिर ७ । खोटाङमा प्रतिनिधिसभाको हालसम्म चार पालिकाको मत गणना सम्पन्न भएको छ । दश पालिका मध्ये हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा र जन्तेढुंगा गाउँपालिकाको मत गणना सम्पन्न भएर खोटेहाङ गाउँपालिकाको मत गणना गर्न सुरु गरिएको बताइएको छ ।
हालसम्म गणना भएको २० हजार ८ सय ८० मत गणना हुँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङको पक्षमा १२ हजार १ सय २५ मत रहेको छ । उहाँको निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार विशाल भट्टराईको पक्षमा ११ हजार ३ सय १ मत रहेको छ । दुइ जनाको मतान्तर ८ सय २४ रहेको छ ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेद्वार कृष्णकुमार राईले ६९९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सर्जु श्रेष्ठले २८२, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले ४८, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले ८९, आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार चन्द्रमणि राईले ४५ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले १३५ मत पाउनु भएको छ ।
