Friday, April 17News That Matters

खोटाङ प्रदेशसभा ‘क’ मा एमालेका पिके राई विजयी

निर्वाचित भएको घोषणा गरेर प्रमाणपत्र दिदै मुख्य निर्वाचन अधिकृत

खोटाङ, मंसिर ८ । खोटाङ प्रदेशसभा (क) मा एमालेका पाँचकर्ण राई (पिके) विजयी हुनुभएको छ । राईले बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई १ हजार १ सय ९२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

पिकेले १३ हजार १ सय ५७ मत पाउदा वीरबलले ११ हजार ९ सय ६५ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेद्वार धर्मराज पोखरेलले ३ हजार १ सय ४५, जसपाका राकेश राईले २ हजार ३ सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५ सय २५, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १ सय ६४, नेमकिपाका केशव राईले ८२ र स्वतन्त्र उम्मेद्वार कुमारप्रसाद भट्टराईले १२ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।