Friday, April 17News That Matters

खोटाङ प्रदेशसभा ‘ख’ मा कांग्रेसका भुपेन्द्र राई विजयी

निर्वाचित भएको घोषणा गरेर प्रमाणपत्र दिदै मुख्य निर्वाचन अधिकृत

खोटाङ, मंसिर ८ । खोटाङ प्रदेशसभा ‘ख’ मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका भुपेन्द्र राई विजयी हुनुभएको छ । कांग्रेस प्रदेश नम्बर एकको महामन्त्रीसमेत रहनुभएका राईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका राम प्रसाद दंगाललाई २ हजार १ सय ४० मतले पछि पार्दै विजयी हुनुभएको हो ।

राईले १६ हजार ४ सय ९६ मत ल्याएर विजयी हुँदा दंगालले १४ हजार ३ सय ५६ मत ल्याउनुभयो । यस्तै, जसपाका प्रेमकुमार राईले ९ सय ३५, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३ सय १३, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १ सय १ र नेमकिपाका ध्यानप्रसाद ढकालले १ सय ९ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।