Thursday, June 18News That Matters

खोटाङबाट प्रतिनिधिसभामा रामकुमार राई विजयी, विशाल भट्टराई पराजित

खोटाङ, मंसिर ८ । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) विजयी हुनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार राईले एमालेका उम्मेद्वार विशाल भट्टराई २ हजार ६ सय ६९ मतले पराजित गर्नुभएको हो ।

राईले ३१ हजार ३ य ५१ मत पाउदा भट्टराईको पक्षमा २८ हजार ६ सय ८२ मत परेको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राई खोटाङबाट तेस्रो पटक सांसदमा निर्वाचित हुनुभएको हो । २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका राई ०७४ सालमा प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएर प्रदेश नम्बर एकको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रीसमेत बन्नुभयो । २०७० सालमा संविधानसभामा निर्वाचित एमालेका पोलिटव्युरो सदस्य भट्टराई ०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएर संसदीय दलको प्रमुख सचेतक बन्नुभएको थियो ।

यस्तै, खोटाङबाट प्रतिनिधिसभाका अन्य उम्मेद्वार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९ सय १४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सर्जु श्रेष्ठले १ हजार ७ सय ६१, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले १ सय ४०, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले १ सय ३१, आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार चन्द्रमणि राईले २ सय ४ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २ सय ३९ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।