Thursday, April 16News That Matters

पिकेको जीतमा दिक्तेलमा एमालेको विजयी जुलुस (फोटो फिचर)


खोटाङ, मंसिर ८ । खोटाङ सदरमुकाम दिक्तेलमा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । प्रदेशसभा (क) मा एमालेका पाँचकर्ण राई (पिके)को जीतमा एमालेले विजयी जुलुस निकालेको हो ।

एमालेको पार्टी कार्यालय भवनगैराबाट सुरुभएको जुलुस हाडडाँडामा पुगेर फर्किएको छ । हाडडाँडाबाट फर्किएको जुलुस रत्नपार्कसम्म पुग्ने एमालेले जनाएको छ । एमालेका पिके राई बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई १ हजार १ सय ९२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

पिकेले १३ हजार १ सय ५७ मत पाउदा वीरबलले ११ हजार ९ सय ६५ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेद्वार धर्मराज पोखरेलले ३ हजार १ सय ४५, जसपाका राकेश राईले २ हजार ३ सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५ सय २५, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १ सय ६४, नेमकिपाका केशव राईले ८२ र स्वतन्त्र उम्मेद्वार कुमारप्रसाद भट्टराईले १२ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।