Thursday, April 16News That Matters

दिक्तेलमा गठबन्धनको विजयी जुलुस, भट्टराई र दंगालले दिए बधाई (फोटो फिचर)


खोटाङ, मंसिर ८ । खोटाङ सदरमुकाम दिक्तेलमा बाम लोकतान्त्रीक गठबन्धनले विजयी जुलुस निकालेको छ । प्रतिनिधिसभामा नेकपा माओवादीका रामकुमार राई (पासाङ) र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका भुपेन्द्र राईको जीतमा गठबन्धनले संयुक्त विजयी जुलुस निकालेको हो ।

दिक्तेलस्थित हाडडाँडाबाट सुरु भएको जुलुस रत्नपार्कसम्म पुगेर कोर्णसभामा परिणत हुने गठबन्धनले जनाएको छ । माओवादीका राईसँग एमालेका उम्मेद्वार विशाल भट्टराई २ हजार ६ सय ६९ मतले पराजित हुनुभएको हो ।

राईले ३१ हजार ३ य ५१ मत पाउदा भट्टराईको पक्षमा २८ हजार ६ सय ८२ मत परेको छ । राई विजयी भएको घोषणा भएपश्चात गठबन्धनले निकालेको जुलुसमा पुगेर भट्टराईले राईलाई बधाई दिनुभएको छ ।

यस्तै, प्रदेशसभा ‘ख’ मा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका भुपेन्द्र राईलाई पनि एमालेका उम्मेद्वार राम प्रसाद दंगालले जुलुसमा पुगेर बधाई दिनुभएको छ । दंगाल राईसँग लाई २ हजार १ सय ४० मत पराजित हुनुभएको थियो ।