Thursday, April 16News That Matters

ऐँसेलुखर्कमा पुस १३ र १४ गते कृषि मेला प्रदर्शनी हुने


खोटाङ, पुस ६ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा कृषि मेला प्रदर्शनी हुने भएको छ । गाउँपालिकाको आयोजनामा पुस १३ र १४ गते पालिका स्तरीय कृषि मेला प्रदर्शनी हुने भएको हो ।

पलिकाको वडा नम्बर तीनस्थित ऐँसेलुखर्क बजारमा मेला प्रदर्शनी हुने गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ । कृषि मेलामा कृषि उपज सामाग्रीसहित उपस्थित हुने उत्कृष्ट कृषकहरुले पुरस्कारसमेत पाउने गाउँपालिकाले जनाएको छ ।

हेर्नुहोस् पालिकाको सूचना