Friday, April 17News That Matters

अनुप स्मृति गोल्डकपको सेमिफाइनल समिकरण पुरा, इलाम र नेर्पा, डिएफसी र ओखलढुंगा खेल्ने

खोटाङ, पुस २० । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा, चियावारी फुटवल क्लव इलाम, नेर्पा स्पोर्टस क्लव नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) पुगेका छन् ।

माटिकोरे खेल मैदानमा बुधबार भएको पहिलो खेलमा साकेला गाउँपालिका खोटाङलाई ४–० गोल अन्तरतले हराउदै नेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । नेर्पाका लागि विकी राईले २ तथा बिजु भुजेल र सुरज मगरले १\१ गोल गरे । यस्तै दोस्रो खेलमा मितेरी युवा क्लव मोरङलाई २–० गोल अन्तरले हराउदै आयोजक (डिएफसी) सेमिफाइनल प्रवेश गरेको हो । (डिएफसी)का लागि प्रितम लिम्बु र मनिस लिम्बुले १\१ गोल गरे ।

सेमिफाइनलका खेल भोली हुनेछन् । फाइनल प्रवेशका लागि पहिलो खेल दिउँसो १ बजे इलामका बिरुद्ध नेर्पा मैदान उत्रिने छ । यस्तै दोस्रो खेलमा आयोजक (डिएफसी) र मानेभन्ञ्याङ ओखलढुंगा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल पुस २३ गते शनिबार हुनेछ ।

माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार, सेमिफाइनलिष्ट दुई टिमले २५÷२५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् । मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।