Friday, April 17News That Matters

नेपाल दशनामी खोटाङको तेस्रो जिल्ला अधिवेशन भोली


खोटाङ, पुस २३ । नेपाल दशनामी जिल्ला कार्यसमिति खोटाङको तेस्रो जिल्ला अधिवेशन आइतबार अर्थात भोली हुँदैछ । हलेसीमा भोली हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको समितिका सचीव खगेन्द्र वनले जानकारी दिनुभयो ।

सचिव वनका अनुसार अधिवेशनको लागि केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि कार्यक्रम स्थल हलेसी आईपुग्नु भएको छ । भोलि होटल हलेशि भिलेजमा हुने अधिवेशनबाट नयाँ कार्यसमिती चयन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, खोटाङ जिल्लामा निर्वाचित भई जनप्रतिनिधिको रुपमा काम गरिरहेका दशनामी जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव वनले बताउनुभएको छ ।