
खोटाङ, पुस २३ । खोटाङको खोटेहाङ गाउँपालिकाले आयोजना गरेको युवा प्रतिभा पहिचान तथा प्रोत्साहन प्रतियोगिताको प्रथम र दोस्रो हुँदै रुपेश फुयल र कविता वन प्रदेशका लागि छनोट भएका छन् ।
शुक्रबार गाउँपालिकाको कार्यालयमा भएको जिल्ला स्तरीय युवा प्रतिभा पहिचान तथा प्रोत्साहन प्रतियोगितामा सोही गाउँपालिकाका फुयल प्रथम भएका छन् । उनले नगद रु १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको दोस्रो हुने ऐँसेलुखर्क गाउँपालिकाकी कविता बनलाई नगद रु ७ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रथम र दोस्रो हुँदै प्रदेशमा हुने प्रतियोगिताका लागि रुपेश र कविता छनोट भएका हुन् ।
यस्तै प्रतियोगिताको तेस्रो खोटेहाङ गाउँपालिकाका रोहित राई भएका छन् । उनले नगद रु ४ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा सहभागिहरुले आफ्ना उपाय (आइडिया) प्रस्तुत गरेका थिए । युवाहरुले प्रस्तुत गरेको उपायका आधारमा पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी १० जना युवाको उपाय (आइडिया) संकलन गरेर राष्ट्रिय युवा परिषदमा पठाइएको छ ।
