
खोटाङ, पुस २४ । छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल दशनामी जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनले आइतबार पुरीको अध्यक्षतामा सर्वसम्मत ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रमोद कुमार गिरी, सचिवमा भक्त बहादुर गिरी, कोषाध्यक्षमा रत्न बहादुर पुरी चयन हुनुभएको हो । सदस्यहरुमा नम्रता गिरी, सविता गिरी, समसेर गिरी, कमल पुरी र ज्ञान बहादुर पुरी चयन हुनुभएको छ । हलेसीमा सम्पन्न तेस्रो अधिवेशनमा केन्द्रबाट केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि लगायतको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा खोटाङ जिल्लामा दशनामीबाट निर्वाचित जनप्रतिनिधि हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरी, १० अर्खौलेका वडाध्यक्ष अर्जुन कुमार पुरीलाई सम्मान गरिएको छ । यस्तै विभिन्न वडामा निर्वाचित वडा सदस्यहरु रत्न बहादुर पुरी, नन्दी केशर बन, कृष्ण कुमारी पुरी, र खगेन्द्र गिरीलाई सम्मान गरिएको समितिका निवर्तमान सचीव खगेन्द्र वनले जानकारी दिनुभयो ।
