
खोटाङ, पुस २४ । खोटाङका सामुदायिक विद्यालयमा सञ्चालन भएका अधिकांश योजनाहरुमा बेरुजु देखिएको छ । आर्थीक वर्ष २०६९/०७० देखि २०७८/०७९ सम्ममा ४६७ योजनाहरुमा बेरुजु देखिएको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा विकास तथा समन्वय ईकाइ खोटाङबाट विद्यालयहरुले प्राप्त गरेका अधिकांश योजनाहरु बेरुजु देखिएका छन् । योजना सम्पन्न भए या नभएको कुनै उल्लेख नगरिएको, हालसम्म बिल भरपाई पेश नभएकाले ४६७ योजनाहरु महालेखाले बेरुजु देखाएको छ । उक्त योजनाहरुको रकम सम्परीक्षण गर्न गराउनको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पटक पटक ताकेता गरिएको पाइएको छ । तर बेरुजु योजना फछ्र्यौटका लागि विद्यालयले चासो नदेखाएको शिक्षा विकास तथा समन्वय ईकाइ खोटाङमा कार्यारत इन्जिनियर बुधन यादवले बताउनुभयो ।
बेरुजु रहेका उक्त ४६७ योजनाहरु यहि पुस २७ गते भित्र फछ्र्यौट गर्न कार्यालले विद्यालयलाई पत्रसमेत काटेको छ । बेरुजु भएका योजनाहरु एउटै विदालयका ७ वटासम्म रहेका छन् ।
हेर्नुहोस विद्यालय र बेरुजु योजना












