Friday, April 17News That Matters

प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित


खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आइतबार आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा दुई पूर्व अध्यक्षलाई सम्मान गरेको छ । चौतारीको खोटाङ शाखाका संस्थापन अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष हरीबोल आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो ।

पत्रकारिता छाडेर राजनीतिमा लाग्नु भएका संस्थापन अध्यक्ष पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । सम्मानित अर्का पूर्व अध्यक्ष आचार्य प्रेस चौतारीको केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एकको सह–इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । पूर्व अध्यक्षद्वयले प्रेस चौतारी नेपाल संगठनलाई जिल्लामा स्थापीत गर्न दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव दिवस रिजालले बताउनुभयो । कार्यक्रममा उपस्थित हुन असम्भव रहेकाले अन्य पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकिएको उहाँको भनाइ छ ।

बिहान जिल्ला अस्पतालमा उपचाररत ८ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल दिएर स्थापना दिवस मनाएको चौतारीले दिउँसो शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रम गरेको थियो ।

कार्यक्रममा प्रेस चौतारीमा आवद्ध तथा अन्य संगठनमा आवद्ध पत्रकारहरु, चौतारी खोटाङका संस्थापक अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, उपप्रमुख शुरेस तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, नेकपा एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगाल, सचिव कुमार आचार्य, नेपाली कांग्रेस खोटाङका कोषाध्यक्ष एवं दिक्तेलका वडाध्यक्ष नवराज राई, नेकपा माओवादीका प्रदेश सदस्य टंक थापा, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साह लगायत विभिन्न सँघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।