
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आफ्नो स्थापना दिवस जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफुल दिएर मनाएको छ । बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रेस चौतारीले आइतबार २५ औं स्थापना दिवस मनाएको हो ।
अस्पतालमा उपचाररत ८ जना बिरामीलाई केरा, अंगुर, स्याउ लगायतका फलफुल प्रदान गरिएको प्रेस चौतारी नेपाल खोटाङका सचिव दिवस रिजालले बताउनुभयो । फलफुल वितरणमा प्रेस चौतारीमा आवद्ध तथा अन्य संगठनमा आवद्ध पत्रकारहरु, चौतारी खोटाङका संस्थापक अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, उपप्रमुख शुरेस तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साह, एमाले खोटाङका सचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।
साथै आजै दिउँसो प्रेस चौतारी नेपाल खोटाङका सस्ंथापक अध्यक्ष पौडेल र पूर्व अध्यक्ष एवं हालका केन्द्रीय सदस्य हरिबोल आचार्यलाई सम्मान र सुभकामना आदन प्रदान कार्यक्रम पनि रहेको सचिव रिजालले बताउनुभयो ।

