
खोटाङ, माघ २३ । निजि क्याम्पसहरुको छाता संगठन हिसानको बागमती प्रदेश समिति उपाध्यक्षमा खोटाङका राजकुमार आचार्य निवार्चित हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न बागमती प्रदेशको प्रथम अधिवेशनबाट आचार्य सर्वसम्मत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भइ हाल काठमाडौं बस्दै आउनु भएका आचार्य भिएस इन्टरनेस्नल क्याप्पसको प्रिन्सीपल हुनुहुन्छ । यस अघि काठमाडौं जिल्लाको कोषाध्यक्ष रहनुभएका आचार्य प्रदेश संरचना निर्माण पश्चात भएको हिसानको पहिलो अधिवेशनमा बागमती प्रदेशको उपाध्यक्ष हुनुभएको हो ।
२१ जनाको प्रदेश कार्यसमितिको अध्यक्षमा भवानी प्रसाद पौडेल, सचिवमा आनन्द कुमार यादव, सहसचिवमा सन्दिप श्रेष्ठ र कोषाध्यक्षमा रितल राणा निर्वाचित हुनुभएको छ ।
