
खोटाङ, चैत ४ । नेवा : देय् दबु संस्थाले खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग गरेको छ । विभिन्न समयमा घर आगलागि भएका ६ परिवारलाई संस्थाले शनिबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरी आर्थीक सहयोग गरेको हो ।
गत पुस ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सीला बजारमा आगलागि हुँदा घर पुर्णरुपमा क्षति भएका पवन श्रेष्ठको परिवारलाई नगद १८ हजार प्रदान गरिएको छ । गत पुस ९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा घर आगलागि भएका तीन जना धनकुमारी श्रेष्ठ, मैया श्रेष्ठ र नविन श्रेष्ठको परिवारलाई नेवा : देय् दबुले नगद १८\१८ सहयोग गरेको हो ।
यस्तै, केही दिन अघि गत फागुन २७ गते घर आगलागि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका कुमार श्रेष्ठ र शुबिन श्रेष्ठको परिवारलाई २२२५०\२२२५० नगद सहयोग गरिएको नेवा : देय् दबु खोटाङका सचिव गोपाल श्रेष्ठले बताउनुभयो ।
नेवा : देय् दबु कोशी प्रदेश समितिको १ लाख र सोल्मा सामाजिक गुठीको १५ हजार सहयोगमा अग्निपीडितलाई सहयोग गरिएको श्रेष्ठको भनाइ छ । जिल्ला कार्य समितिका अध्यक्ष नुरकाजी सैजुको अध्यक्षतामा भएको आर्थीक सहयोग कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद श्रेष्ठ, प्रदेश सदस्य भिमकला श्रेष्ठसँगै जिल्ला कार्य समितिका पदाधिकारी, विभिन्न संस्था, गुठी तथा टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
