Thursday, September 21News That Matters

नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने


खोटाङ, चैत ६ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले करीब १५ जना विद्यार्थीलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको जनाएको छ ।

संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । सोमबार सार्वजनिक सुनुवाइ गर्दै केन्द्रका कोषाध्यक्ष दशरत राईले नगरपालिकाले दिएको रकम मध्ये १ लाख ५० हजार बाध्यबादन खरिद गर्न खर्च गरेको बताउनुभयो । बाकी १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ ।

संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थीक सहयोगमा निःशूल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भक्त विश्वकर्माले बताउनुभयो । यस्तै, साइनो कला केन्द्रले उपलब्धि मुलक काम गरे वडा नम्बर १ ले पनि सहयोग गर्ने वडाध्यक्ष नवराज राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *